नागरिक उड्डयन क्षेत्रको संस्थागत सुधारका लागि दुई विधेयक दर्ता

हिमाल प्रेस २३ असोज २०८३ १२:५४ | Friday, October 9, 2026
नागरिक उड्डयन क्षेत्रको संस्थागत सुधारका लागि दुई विधेयक दर्ता

काठमाडौँ- नेपालको नागरिक उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएका छन्।

प्रस्तावित व्यवस्थाअनुसार सेवा प्रदायक र नियामकका कार्यहरू छुट्टाछुट्टै संस्थामार्फत सञ्चालन हुनेछन्। यसले विद्यमान स्वार्थको द्वन्द्व अन्त्य गर्दै नियमन तथा सुरक्षा सुपरीवेक्षणलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

नेपाल हवाई सेवा प्राधिकरणले विमानस्थल पूर्वाधार तथा सञ्चालन, एयर नेभिगेसन र प्राविधिक सेवा, उडान सुरक्षा तथा जोखिम व्यवस्थापनजस्ता कार्य गर्नेछ भने नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रमाणपत्र तथा इजाजत, मापदण्ड निर्धारण, नियमन, सुरक्षा सुपरीवेक्षण तथा अन्तर्राष्ट्रिय दायित्वसम्बन्धी कार्य गर्नेछ।

यस संस्थागत सुधारबाट नेपालको नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ असोज २०८३ १२:५४ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast