प्रधानमन्त्री शाहले संसद्लाई गराए भोटेकोशी बाढीको विस्तृत जानकारी (पूर्णपाठ)

हिमाल प्रेस १७ भदौ २०८३ १४:३२ | Wednesday, September 2, 2026
प्रधानमन्त्री शाहले संसद्लाई गराए भोटेकोशी बाढीको विस्तृत जानकारी (पूर्णपाठ) प्रधानमन्त्री वालेन्द्र शाह सिंहदरबारस्थित संघीय संसदमा बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढी सिंगो नेपालमाथि परेको साझा बज्रपात भएको भन्दै संकटको बेला देशको नेतृत्वले जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा रसुवाको भोटेकोशी बाढीबारे जानकारी गराउँदै उनले सरकारले घटना लगत्तै खोज, उद्धार, उपचार र राहतका कामलाई तीव्र बनाएको बताए। उनका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ भने बेपत्ताको खोजी अझै जारी छ।

प्रधानमन्त्रीले प्रभावित परिवारको अस्थायी तथा दीर्घकालीन पुनर्स्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र राहत वितरणलाई सरकारले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम बढेकाले अन्तर्राष्ट्रिय समुदायसँग त्यसबारे सशक्त रूपमा आवाज उठाउनुपर्ने आवश्यकता पनि औंल्याए।

यस्तो छ पूर्णपाठ

प्रकाशित: १७ भदौ २०८३ १४:३२ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast