अब रास्वपाले दैनिक ल्याउने छ भिडियो समाचार, रिमा विश्वकर्माले पढिन् पहिलो बुलेटिन

हिमाल प्रेस २० भदौ २०८३ ९:४३ | Saturday, September 5, 2026
अब रास्वपाले दैनिक ल्याउने छ भिडियो समाचार, रिमा विश्वकर्माले पढिन् पहिलो बुलेटिन

काठमाडौँ- सरकारले गरेका कामको प्रचारका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैनिक भिडियो बुलेटिन सुरु गरेको छ। बाढीपीडितका विषयमा सरकारले गरेको कामको प्रचार भन्दै रास्वपाले बुलेटिन सुरु गरेको हो। शुक्रबारबाट सुरु गरेको बुलेटिनमा रास्वपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रिमा विश्वकर्माले समाचार बाचन गरेकी छन्। अबका दिनमा पनि उनले नै समाचार बाचन गर्नेछिन् वा अरूले पनि भन्ने सन्दर्भमा खुलाइएको छैन।

बुलेटिनमा बाढी आएको १० दिनपछि त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई प्राविधिक कर्मचारीको जीवितै उद्धार गरिएको घटनालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । नेपाली सेनासहितको संयुक्त सुरक्षा टोलीले सप्तरी तिलाठीका सञ्जय साह र काठमाडौँका कबिर महर्जनको सकुशल उद्धार गरेपछि सुरुङभित्र फसेका अन्य नागरिकहरू पनि जीवितै भेटिन सक्ने आशा पलाएको जनाइएको छ ।

विपद्को समयमा जनचासो र संवेदनशीलतालाई ध्यानमा राखी सत्य, तथ्यपरक र पारदर्शी सूचना नागरिकसम्म पुर्‍याउन तथा भ्रम निवारण गर्नका लागि अबदेखि दैनिक रूपमा यस प्रकारको ‘अपडेट बुलेटिन निरन्तर प्रसारण गरिने रास्वपाले स्पष्ट पारेको छ ।

https://www.facebook.com/share/v/1EZt4vFEXE/

प्रकाशित: २० भदौ २०८३ ९:४३ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast