नेकपा सांसद बलावती शर्मा
काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले भारतमा आयोजित ब्रिक्स सम्मेलनको निम्तोमा नेपाल किन छुट्यो भनेर प्रश्न गरेकी छन् ।
‘सरकारलाई म सोध्न चाहन्छु, छिमेकमै भएको ब्रिक्सको निम्तोबाट नेपाल किन चुक्यो? के यो परराष्ट्र नीति र कूटनीतिको असफलता होइन र?’ प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनिन् ।
नेपाल ब्रिक्स सदस्य राष्ट्र होइन । तर विगतमा सर्वेक्षक वा अतिथिको रूपमा आयोजक राष्ट्रले नेपाललाई बोलाएका थिए ।
प्रकाशित: ३१ भदौ २०८३ १४:१६ | Wednesday, September 16, 2026
प्रतिक्रिया


