फ्रान्सद्वारा नेपाललाई आपत्‌कालीन राहत सामग्री हस्तान्तरण

हिमाल प्रेस ३० भदौ २०८३ १५:२६ | Tuesday, September 15, 2026
फ्रान्सद्वारा नेपाललाई आपत्‌कालीन राहत सामग्री हस्तान्तरण विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सहयोग सामग्री हस्तान्तरण गर्दै नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज प्युजाँ इन्जा। तस्बिर : फ्रान्सेली दूतावास

काठमाडौँ- फ्रान्स सरकारले भदौ १० को विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि नेपाललाई आपत्‌कालीन मानवीय राहत सामग्री उपलब्ध गराएको छ।

फ्रान्सेली दूतावासले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भुइँमा ओछ्याउने म्याट, सरसफाइ तथा भान्साका सामग्री, पानी शुद्धीकरण ट्याब्लेट, सौर्य बत्ती र औषधिसहितका मेडिकल किट हस्तान्तरण गरेको हो।

नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज प्युजाँ इन्जाले उक्त सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिन्। सरकारले युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत गरेको अनुरोधका आधारमा सामग्री उपलब्ध गराइएको दूतावासले जनाएको छ।

फ्रान्सले संयुक्त राष्ट्रसंघीय निकाय, अन्तर्राष्ट्रिय रेडक्रस महासंघ तथा प्रभावित क्षेत्रमा परिचालित फ्रान्सेली गैरसरकारी संस्थामार्फत थप अन्तर्राष्ट्रिय सहायता उपलब्ध गराउने जनाएको छ।

प्रकाशित: ३० भदौ २०८३ १५:२६ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast