बाढी प्रभावित क्षेत्रमा पूर्वप्रधानमन्त्री भट्टराई र हिसिला यमी

हिमाल प्रेस ३१ भदौ २०८३ ११:०८ | Wednesday, September 16, 2026
बाढी प्रभावित क्षेत्रमा पूर्वप्रधानमन्त्री भट्टराई र हिसिला यमी

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्व भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमी रसुवाको भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नागरिकहरूको पुनर्वास, पुनर्स्थापना तथा पुनर्निर्माणको अवस्थाबारे स्थलगत अवलोकनका लागि नुवाकोट पुगेका छन्।

डा.भट्टराईको सचिवालयका अनुसार उनीहरूले होल्डिङ सेन्टरमा बसिरहेका बाढीपीडित नागरिक, स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा अन्य सरोकारवाला पक्षसँग प्रत्यक्ष छलफल गर्ने कार्यक्रम रहेको छ।

छलफलका क्रममा प्रभावित नागरिकका समस्या, आवश्यकता तथा पुनर्वास र पुनर्निर्माणका चुनौतीबारे जानकारी लिइने जनाइएको छ।

सचिवालयका अनुसार स्थलगत अवलोकन र छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षका आधारमा बाढी प्रभावित नागरिकहरूको दीर्घकालीन पुनर्वास, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारलाई आवश्यक सुझाव पेस गरिनेछ।

प्रकाशित: ३१ भदौ २०८३ ११:०८ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast