उपसभामुखले एक महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने, उद्धार कोषमा पठाउन दिइन् निर्देशन

हिमाल प्रेस २५ भदौ २०८३ ११:१९ | Thursday, September 10, 2026
उपसभामुखले एक महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने, उद्धार कोषमा पठाउन दिइन् निर्देशन

काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन्। उपसभामुख रुवीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन्।

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उपसभामुखले उक्त सहयोग गर्ने निर्णय लिएको बताएकी छन्।

प्रकाशित: २५ भदौ २०८३ ११:१९ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast