कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

हिमाल प्रेस १७ भदौ २०८३ १७:२८ | Wednesday, September 2, 2026
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार दिउँसो १:०० बजे बस्ने भएको छ।

ललितपुरको सानेपास्थित बी.पी. नगरमा रहेको पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा उक्त बैठक बस्न लागेको हो।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरेका छन्।

यस बैठकमा मुख्य गरी दुईवटा विषयमा गहन छलफल हुनेछ। बैठकमा हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी विपत् र त्यसले पुर्‍याएको क्षति, राहत तथा उद्धारका विषयमा समीक्षा गरिनेछ।

यसका साथै नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनको तयारी र संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा महत्त्वपूर्ण विचार-विमर्श हुने बताइएको छ।

प्रकाशित: १७ भदौ २०८३ १७:२८ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast