जनअधिकार पार्टीद्वारा माइतीघरमा श्रद्धाञ्जलीसभा आयोजना

हिमाल प्रेस २२ भदौ २०८३ १९:४७ | Monday, September 7, 2026
जनअधिकार पार्टीद्वारा माइतीघरमा श्रद्धाञ्जलीसभा आयोजना

काठमाडौँ- जनअधिकार पार्टीले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गर्न श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ।

जनअधिकार पार्टीले काठमाडौँको माइतीघर मण्डलामा सोमबार साँझ श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो।

विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति मौनधारण तथा दीप प्रज्वलन गरेर श्रद्धाञ्जल अर्पण गरिएको पार्टीका अध्यक्ष डा.शरदसिंह यादवले जानकारी दिए।

श्रद्धाञ्जलीसभामा जनअधिकार पार्टीआवद्ध नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी १३ सयभन्दा बढीको मृत्यु भएको छ भने झन्डै पाँच हजार अझै सम्पर्कविहीन रहेका छन्।

प्रकाशित: २२ भदौ २०८३ १९:४७ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast