रसुवा जोड्ने वैकल्पिक मार्गका लागि फलाँखुमा बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइयो : पूर्वाधार मन्त्रालय

हिमाल प्रेस ३० भदौ २०८३ १५:१५ | Tuesday, September 15, 2026
रसुवा जोड्ने वैकल्पिक मार्गका लागि फलाँखुमा बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइयो : पूर्वाधार मन्त्रालय

काठमाडौँ- भोटेकोशी बाढीका कारण रसुवा सडक सञ्जालबाट विच्छेद भएपछि आवतजावत तथा सामान ढुवानीमा देखिएको समस्या समाधान गर्न नुवाकोट-रसुवा जोड्ने वैकल्पिक मार्ग निर्माणको प्रक्रिया अघि बढाइएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका-२ तल्लो कुवापानी बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका-५ वहाखोलासम्म फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज निर्माण गर्न लागिएको हो।

सम्बन्धित पालिका अध्यक्षको अनुरोधअनुसार बेलीब्रिज निर्माणका लागि मन्त्रालयले आवश्यक निर्देशन तथा सहजीकरण गरिरहेको जनाएको छ।

बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवालाई जोड्ने छोटो वैकल्पिक मार्ग तयार हुने मन्त्रालयले जनाएको छ। उक्त मार्गबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिनेछ।

बाढीका कारण रसुवाको सडक सम्पर्क प्रभावित भएका बेला बेलीब्रिज निर्माणले जिल्लामा आवतजावत तथा अत्यावश्यक सामग्रीको ढुवानी सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ३० भदौ २०८३ १५:१५ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast