२० औँ संस्करणको एसियाली खेलकुद : जापान र नेपालको महिला भलिबल आज हुँदै

हिमाल प्रेस ३१ भदौ २०८३ ११:५७ | Wednesday, September 16, 2026
२० औँ संस्करणको एसियाली खेलकुद : जापान र नेपालको महिला भलिबल आज हुँदै

काठमाडौँ- २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध खेल्दैछ।

नेपाल र जापानबीचको प्रतिस्पर्धा अपरान्ह ४ बजेदेखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूह चरणमा इन्डोनेसियाविरुद्ध पनि खेल्नेछ।

आजको खेलमा नेपाल एफआईभीबी विश्व वरियताको छैटौँ स्थानमा रहेको जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। ताजा वरियतामा नेपाल ६९औँ स्थानमा छ।

एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक प्रतिस्पर्धा गरिरहेको हो।

सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले ११औँ स्थान हासिल गरेको थियो।

प्रकाशित: ३१ भदौ २०८३ ११:५७ | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast