ड्रोनबाट शवको खोजी

हिमाल प्रेस १५ भदौ २०८३ १५:०८ | Monday, August 31, 2026
ड्रोनबाट शवको खोजी

काठमाडौँ- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभाव परेपछि शव खोजी, उद्धार तथा व्यवस्थापनका लागि नेपाली सेनाले व्यापक रूपमा फौज परिचालन गरेको छ।

बाढीमा परी बेपत्ता भएकाहरूको शव चितवनका नदी तटीय क्षेत्रमा समेत फेला पर्न थालेपछि ड्रोन, रबर बोटलगायतका उद्धार सामग्रीसहित ४३६ जनाको संयुक्त फौज खोज तथा उद्धार कार्यमा परिचालन गरिएको हो।

सेनाको टोलीले चितवनका विभिन्न नदी तटीय क्षेत्रमा सम्भावित स्थान पहिचान गर्दै ड्रोनमार्फत खोजी गर्नुका साथै रबर बोटको प्रयोगबाट नदी तथा आसपासका क्षेत्रमा बेपत्ताको खोजी गरिरहेको छ।

बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको अवस्थामा बेपत्ताको खोजी, फेला परेका शवको उद्धार तथा सुरक्षित व्यवस्थापनलाई प्राथमिकतामा राखेर सुरक्षा निकायले अभियान तीव्र बनाएको सेनाले जनाएको छ।

प्रकाशित: १५ भदौ २०८३ १५:०८ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast