सन्दीपले ५ विकेट लिँदा बहराइनले बनायो जम्मा ८७ रन

हिमाल प्रेस १५ भदौ २०८३ १०:२६ | Monday, August 31, 2026
सन्दीपले ५ विकेट लिँदा बहराइनले बनायो जम्मा ८७ रन

काठमाडौँ- एसीसी प्रिमियर कपमा नेपालले बहराइनबाट ८८ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी खेलमा टस हारेर ब्याटिङ गरेको बहराइन टोलीले  ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो।

बहराइनको ब्याटिङ ध्वस्त पार्न नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले १० ओभरमा केवल १४ रन खर्चिए भने ४ ‌ओभर त मेडन नै फ्याँके।

यस्तै ललित राजवंशी ३ विकेट लिए भने करण केसीको नाममा २ विकेट रह्यो।

बहराइनका लागि फैज अहमदले सबैभन्दा बढी १५ रन जोड्न सके। कपमा दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।

समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ। २०२७ को एसिया कपमा छनोट हुनका लागि नेपालले प्रतियोगिताको जित्नु पर्नेछ।

प्रकाशित: १५ भदौ २०८३ १०:२६ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast