पीएसजी बन्यो यूईएफए सुपर कप च्याम्पियन

हिमाल प्रेस २८ साउन २०८३ ८:२९ | Thursday, August 13, 2026
6
SHARES
पीएसजी बन्यो यूईएफए सुपर कप च्याम्पियन

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) लगातार दोस्रो वर्ष यूईएफए सुपर कप च्याम्पियन बनेको छ। बुधबार अस्ट्रियाको साल्जबर्गमा इंग्लिस क्लब एस्टन भिल्लाविरुद्व २–१ को रोमाञ्चक जित निकाल्दै फ्रेन्च क्लब पीएसजीलाई जित निकालेको हो। जितका लागि ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गरे । एस्टन भिल्लाका लागि बार्यन माड्जोले गोल फर्काए।

खेलको २०औँ मिनेटमा क्वारात्स्खेलियाको गोलमार्फत पीएसजीले अग्रता लिएको थियो ।पहिलो हाफको अन्तिम मिनेटमा माड्जोले एस्टन भिल्लालाई बराबरीमा ल्याए। डुएले ६१औँ मिनेटमा गोल गर्दै पीएसजीलाई रोमाञ्चक जित दिलाए।

रियाल मड्रिडले सन् २०१६ र २०१७ लगातार दुई सुपर कप जितेयता यो उपाधि रक्षा गर्ने पीएसजी पहिलो टोली बनेको छ। सुपर कपमा च्याम्पियन्स लिग र युरोपा लिग विजेताबीच प्रतिस्पर्धा हुने गर्छ । पीएसजीले च्याम्पियन र एस्टनल भिल्लाले युरोपा लिग जितेका थिए ।

प्रकाशित: २८ साउन २०८३ ८:२९ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast