प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

हिमाल प्रेस १५ भदौ २०८३ १५:४१ | Monday, August 31, 2026
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दुवै जनाबीच भेटवार्ता भएको हो।

भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारका तर्फबाट भइरहेका खोज, उद्धार, राहत वितरण र नागरिक व्यवस्थापका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा प्रभावित नागरिकको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनः स्थपनाकाका विषयमा समेत छलफल भएको थियो।

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनः स्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन्।

प्रकाशित: १५ भदौ २०८३ १५:४१ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast