काठमाडौँ- नेकपा एमालेका अध्यक्ष आज गृहजिल्ला झापा जाँदैछन्। उनको सचिवालयका अनुसार झापा र इलामका कार्यक्रममा सहभागी हुन उनी झापा जान लागेका हुन्। उनी झापाका केही कार्यक्रम र इलामको फिक्कलको एक कार्यक्रममा सहभागी हुन पूर्वको यात्रामा निस्कन लागेका हुन्।
एमाले इलाम नगर कमिटीका अध्यक्ष ठाकुरनारायण श्रेष्ठका अनुसार इलामको फिक्कलमा जनजाति महासंघको बैठकमा सम्बोधन गर्ने कार्यसूची छ। यसबाहेक अन्य विभिन्न कार्यक्रम समेत रहेको श्रेष्ठले जनाए।
चुनावपछि पहिलो पटक ओली गृहजिल्ला जान लागेका हुन्। चुनावलगत्तैको पितृशोक, गिरफ्तारसहितका झमेलाले उनी गृहजिल्ला जान नपाएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: ३० साउन २०८३ ८:५३ | Saturday, August 15, 2026
प्रतिक्रिया


