काठमाडौँ- वैज्ञानिक अनुसन्धान, स्टार्टअप र प्रविधि विकासमा लगानी बढाउन सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन कोष स्थापना गर्ने भएको छ।
कोषमा नेपाल सरकार, विकास साझेदार, निजी क्षेत्र, प्रदेश तथा स्थानीय सरकारबाट प्राप्त रकम जम्मा हुने
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले जानकारी दिए।
कोषको रकम बहुवर्षीय अनुसन्धान परियोजना, प्रविधि विकास र नवप्रवर्तन क्षेत्रमा मात्र खर्च गर्न पाइने व्यवस्था गरिएको छ।
कोषको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ भने रकम अर्को आर्थिक वर्षमा पनि खर्च गर्न सकिने व्यवस्था राखिएको छ।
प्रकाशित: ९ भदौ २०८३ १०:४७ | Tuesday, August 25, 2026
प्रतिक्रिया


