काठमाडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको नीतिगत नेतृत्वका लागि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद् गठन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
विधेयकअनुसार परिषद्को उपाध्यक्ष विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री रहनेछन् भने अर्थ, उद्योग तथा शिक्षामन्त्री सदस्य रहने विज्ञान, प्रविधि तथा नवप्रर्तनमन्त्री महावीर पुनले जानकारी दिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित कम्तीमा दुई महिलासहित ६ जना विज्ञलाई पनि परिषद्मा मनोनयन गरिने व्यवस्था गरिएको छ।
परिषद्ले राष्ट्रिय नीति, रणनीति, अनुसन्धानमैत्री प्रणाली विकास, अन्तर्राष्ट्रिय सहकार्य र लगानी परिचालनका विषयमा नीतिगत निर्णय गर्नेछ। परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्नुपर्ने प्रस्ताव गरिएको छ।


