क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट हटाइए मोन्टी देशाई

हिमाल प्रेस ४ भदौ २०८३ ९:५२ | Thursday, August 20, 2026
क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट हटाइए मोन्टी देशाई

काठमाडौँ- क्यानडा क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई आफ्नो जिम्मेवारीबाट अलग भएका छन्। क्यानडा क्रिकेटले गत मेमा उनलाई दोस्रोपटक टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।

देशाईको नेतृत्वमा क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको एक तथा स्कटल्यान्डमा आयोजित अर्को त्रिकोणात्मक सिरिज खेलेको थियो। तर, लिग–२ मा अपेक्षित नतिजा निकाल्न नसक्दा क्यानडाको सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा सोझै छनोट हुने सम्भावना कमजोर बनेको छ।
प्रतियोगितामा चार खेल बाँकी रहँदा क्यानडा शीर्ष चारमा रहेको टोलीभन्दा ६ अंकले पछि छ।

पछिल्लो अवस्थाका कारण क्यानडाले विश्वकपमा स्थान बनाउन क्वालिफायर प्ले–अफको बाटो समात्नुपर्ने अवस्था बनेको छ।

प्रकाशित: ४ भदौ २०८३ ९:५२ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast