काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री एवं सांसद हरि ढकालले सिंहदरबारबारे काटेर वा बोर्डमा बनाइएका हेडलाइनले आफू बदनाम गरिएको बताएका छन्। उनले आफूले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ नभनेको स्पष्ट पारे। उनले परिवर्तनको समयमा ‘गर्दिएको भए हुन्थ्यो’ भन्ने शब्द प्रयोग गरेको विषयलाई अनावश्यक रूपमा उचालिएको बताए। ‘मैले सिंहदरबारको सट्टा अनामनगर दरबार बनाएको भए हुन्थ्यो भनेको थिए।’ उनले भने।
‘कुनै काटेर वा बोर्डबाट बनेका हेडलाइनले, अनि मलाई गरिएका चुटाइहरूले लुकाइएका इतिहासहरू मेटिँदैनन्। मैले ‘गर्छु’ भनेको हो र? त्यो परिवर्तनको बेलामा ‘गर्दिएको भए हुन्थ्यो’ भन्ने शब्दमा पनि त्यत्रो चासो किन भयोरु’, उनले भने ।
ढकालले सिंहदरबार निर्माणसँग जोडिएका ऐतिहासिक पक्षबारे आफूले अध्ययन गरेको र त्यसैका आधारमा अभिव्यक्ति दिएको बताए। उनका अनुसार तत्कालीन राज्यको ढुकुटीबाट ठूलो रकम खर्च गरेर व्यक्तिगत प्रयोजनका लागि दरबार निर्माण गरिएको र निर्माणका क्रममा मजदुरमाथि शोषण भएको इतिहास रहेको उनको दाबी छ।


