‘धरणीधर’ र ‘फूल’को बाँकी प्रेमकहानीमा आधारित रहेर ‘ऊनको स्वीटर’को सिक्वेल बन्ने

हिमाल प्रेस १ भदौ २०८३ १२:२४ | Monday, August 17, 2026
14
SHARES
‘धरणीधर’ र ‘फूल’को बाँकी प्रेमकहानीमा आधारित रहेर ‘ऊनको स्वीटर’को सिक्वेल बन्ने

काठमाडौँ- नवीन चौहानको लेखन तथा निर्देशनमा रहेको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल बन्ने भएको छ। सिक्वेलको नाम ‘कलेजी ऊनको स्वीटर’ राखिएको छ ।

फिल्ममा विपिन कार्की (धरणीधर) र मिरुना मगर (फूल) दोहोरिने भएका छन्। उनीहरूसहित एलेक्स पारस (विश्वकर्मा) र परीक्षा लिम्बूको पनि फिल्ममा मुख्य भूमिका रहनेछ। भारतका चर्चित लेखक तथा अभिनेता पियूष मिश्राको पनि फिल्ममा अभिनय रहने जनाइएको छ।

फिल्ममा चिन्तनराज भण्डारीको छायांकन, कृष्ण भण्डारीको सम्पादन, सुजन चापागाईंको संगीत तथा हर्क साउद र युवराज काफ्लेको शब्द रहनेछ ।

प्रकाशित: १ भदौ २०८३ १२:२४ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast