नेपाली कांग्रेसका सभापति गगन थापा/फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। सभापति गगन थापाको सचिवालयका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
पछिल्लो समय सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो अघिल्लो फैसला पुनरावलोकन गर्ने अनुमति दिएपछि अहिले तरंग पैदा भएको छ।
विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई यसअघि निर्वाचन आयोग र अदालतबाट वैधनिकता थियो। तर पछिल्लो पुनरावलोकनसम्बन्धी आदेशले अब कांग्रेसको आधिकारिकता कोसँग रहने भन्ने प्रश्न उठ्दै आएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूलाई आधिकारिकता घोषणा गर्न पुनरावलोकन दिइसकेको छ।
प्रकाशित: २४ साउन २०८३ ९:१९ | Sunday, August 9, 2026
प्रतिक्रिया


