सानेपामा नाटक मञ्चन भइरहेको छ : पूर्णबहादुर खड्का

हिमाल प्रेस २९ साउन २०८३ १९:२९ | Friday, August 14, 2026
10
SHARES
सानेपामा नाटक मञ्चन भइरहेको छ : पूर्णबहादुर खड्का

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले सहमति गरेर पनि विशेष अधिवेशन गर्न लगाएको आरोप लगाएका छन्।

शुक्रबारदेखि काठमाडौँमा सुरू भएको कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

खड्काले तत्कालीन सभापति शेरबहादुर देउवाको निर्देशनका बाबजुद विशेष महाधिवेशन गर्न लगाइएको उल्लेख गरे। चुनावको घोषणा र राष्ट्रियसभा निर्वाचनमा अगाडि बढिसकेकाले तत्कालका लागि नियमित महाधिवेशन रोक्ने सहमति भएको उनले जिकिर गरे।

फागुनमा चुनावमा भए वैशाखमा महाधिवेशन गर्ने क्यालेन्डर स्वीकार गर्ने सहमति गरेर थापा र शर्मा विशेष महाधिवेशनतिर अगाडि बढेको उनको भनाइ छ।

खड्काले विशेष अवैधानिक तरिकाले महाधिवेशन गरेर गगन थापा सर्लाहीमा चुनावको खाल्डामा पर्नुका साथै पार्टीलाई पनि संकटमा पारेको आरोप लगाए। पार्टी आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलालाई असहमतिका बीच स्वीकारे पनि एकताको प्रयासलाई आफूले निरन्तरता दिएको उनको भनाइ छ।

खड्काले पदको विवाद रहेको भनेर आफूहरूमाथि लगाइएको आरोप झुटो रहेको दाबी गरे। आफूहरूसँग पदको भारी पहिलेदेखि रहेको बताउँदै उनले यो आरोप झुटो रहेको उल्लेख गरे।

खड्काले सानेपामा नाटक मञ्चन भइरहेको आरोप लगाए। मंसिरमा अधिवेशन नगरे पार्टीको वैधानिक समाप्त हुने भनेर झुटो प्रचार गरिएको उनले बताए। पार्टीको विधान र संविधानको व्यवस्था बमोजिम कांग्रेसको महाधिवेशन गर्ने अन्तिम मिति २०८४ जेठको मसान्त रहेको उनले प्रस्ट पारे।

खड्काले १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्या रद्द गर्ने अधिकार गगन थापासँग नरहेको उल्लेख गरे।

उनले सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेसको विधान र विगतका नजिरहरूलाई हेरेर फैसला गर्ने विश्वास व्यक्त गरे। विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिबाहेक अरू कसैलाई नरहेको उनको भनाइ छ।

आफूहरूको हातबाट अवैधानिक तरिकाबाट कांग्रेस पार्टी अन्यत्र लगिएको उनले बताए।

प्रकाशित: २९ साउन २०८३ १९:२९ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast