ह्वाइट हाउसमा ट्रम्प र नेतन्याहुबीच के के भयो कुराकानी?

हिमाल प्रेस १३ साउन २०८३ ६:३२ | Wednesday, July 29, 2026
6
SHARES
ह्वाइट हाउसमा ट्रम्प र नेतन्याहुबीच के के भयो कुराकानी?

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउमा भेटवार्ता गरेका छन्। लगभग ९० मिनेट भेटपछि नेतन्याहु ह्वाइट हाउसबाट बाहिरिएका थिए। भेटपछि भिडिओ वक्तव्य जारी गर्दै नेतन्याहुले ट्रम्पसँगको आफ्नो भेट अहिलेसम्मकै उत्कृष्ट भेट भएको बताएका छन्।

‘यो पूर्ण सहयोग, पारस्परिक सहयोग र साझा समझदारीको बैठक थियो। हाम्रो साझा लक्ष्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु हो’, उनले भनेका छन् ‘यसका साथै इजरायलको सुरक्षा र भविष्यसँग सम्बन्धित अन्य धेरै महत्त्वपूर्ण विषयहरूमा पनि छलफल गरियो।’

त्यसअघि मंगलबारै ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका थिए।

जेलेन्स्कीले ह्वाइट हाउसमा ट्रम्पसँगको भेटमा प्याट्रियट वायु रक्षा प्रणालीका लागि इन्टरसेप्टर उत्पादनको इजाजतपत्र र अन्य धेरै महत्त्वपूर्ण प्रस्तावमा छलफल गरिएको बताएका छन्।

ट्रम्पसँग कूटनीतिक प्रयास पुनर्जीवित गर्नेबारे पनि छलफल गरिएको उनले बताए। साथै आगामी छलफल र सम्पर्कका लागि दुवै देशका टोलीबिच समन्वय गर्ने कुरा पनि भएको जेलेन्स्कीको भनाइ छ।

 

प्रकाशित: १३ साउन २०८३ ६:३२ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast