प्रदेशमा सहकार्य गर्न एमाले-नेकपाबीच सहमति

हिमाल प्रेस ९ साउन २०८३ १७:५७ | Saturday, July 25, 2026
14
SHARES
प्रदेशमा सहकार्य गर्न एमाले-नेकपाबीच सहमति

काठमाडौँ- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ।

दुवै दलबीच प्रदेश सरकार गठन र सहकार्यका गर्न शनिबार तीनबुँदे सहमति भएको हो।

सहमतिपत्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले लिनेछ।

त्यस्तै मधेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरुसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने सहमति दुवै दलबीच भएको छ।

प्रकाशित: ९ साउन २०८३ १७:५७ | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast