सुनसरी घटना : अफवाह नफैलाउन प्रहरीको आग्रह

हिमाल प्रेस १३ साउन २०८३ १०:४१ | Wednesday, July 29, 2026
8
SHARES
सुनसरी घटना : अफवाह नफैलाउन प्रहरीको आग्रह प्रहरी

सुनसरी- आइतबार राति देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा दुई समुदायबीच भएको झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ।

घटनापछि केही स्थानमा ढुंगामुढा, आगजनी तथा तोडफोडका घटना भएका छन्। भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

यसबीच सामाजिक सञ्जालमा पुराना तथा भ्रामक तस्बिरहरू फैलाइएको भन्दै नेपाल प्रहरीले त्यस्ता सामग्रीको पछि नलाग्न र आधिकारिक सूचनामात्र विश्वास गर्न नागरिकसँग आग्रह गरेको छ।

सुरक्षा निकायले अवस्था नियन्त्रणमा रहेको जनाउँदै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: १३ साउन २०८३ १०:४१ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast