स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल, फ्रान्सका एम्बाप्पेलाई गोल्डेन बुट

हिमाल प्रेस ४ साउन २०८३ ४:३६ | Monday, July 20, 2026
58
SHARES
स्पेनका कप्तान रोड्रीलाई गोल्डेन बल, फ्रान्सका एम्बाप्पेलाई गोल्डेन बुट

काठमाडौँ– स्पेनका कप्तान रोड्रिले पिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् ।

स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पारे ।

रोड्रीले स्पेनको कप्तानी देखि मैदानमा मिडफिल्डको नेतृत्व गर्दै बल कन्ट्रोल गर्ने र अट्याकिङमा समेत योगदान दिने काम गरेका थिए ।

रोड्रीको कप्तानीमा रहेको स्पेनले सोमबार विहान भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै दोस्रो पटक फिफा विश्वकप उपाधि जितेको हो ।

अर्जेन्टिनाका कप्तान मेसीले शिल्भर बल जिते भने फ्रान्सका कप्तान एमबाप्पेले ब्रोन्ज बल जिते ।

यस्तै स्पेनका गोलकिपर उनाई सिमोले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जिते भने स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।

विश्वकपभर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जिते । एमबाप्पे लगातार दुई पटक गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी समेत बने ।

प्रकाशित: ४ साउन २०८३ ४:३६ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast