सिमी र सागको मूल्य बढ्यो

हिमाल प्रेस १ साउन २०८३ ९:२४ | Friday, July 17, 2026
4
SHARES
सिमी र सागको मूल्य बढ्यो

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको आजको थोक मूल्यसूचीअनुसार सिमी तथा सागपातको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

अघिल्लो दिनको तुलनामा घिउ सिमी (लोकल) प्रतिकिलो रु ७० बाट ९०, घिउ सिमी (हाइब्रिड) ७० बाट ९० तथा बोडी तने ५० बाट ८० रुपैयाँ पुगेको छ।

तोरीको साग प्रतिकिलो रु ७० बाट ९०, ब्रोकाउली १०० बाट १४०, गान्टेमूला ७० बाट ९० र सौफको साग ८० बाट १०० रुपैयाँ पुगेको छ।

यसैगरी रायोसाग र पालुङ्गो क्रमशः १२० र १०० रुपैयाँमै स्थिर रहेका छन्। बजारमा हरियो साग तथा सिमी वर्गका तरकारीको आपूर्ति घट्दा मूल्य बढेको देखिएको छ।

प्रकाशित: १ साउन २०८३ ९:२४ | Friday, July 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast