एसीसी यू १९ महिला प्रिमियर कपमा नेपाललाई तेस्रो स्थान

हिमाल प्रेस २ साउन २०८३ ११:२२ | Saturday, July 18, 2026
2
SHARE
एसीसी यू १९ महिला प्रिमियर कपमा नेपाललाई तेस्रो स्थान

काठमाडौँ- इन्डोनेसियाविरुद्ध ९ विकेटको सहज जित निकाल्दै नेपालले एसीसी यू १९ महिला प्रिमियर कपमा तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार मलेसियाको बायोमास ओभलमा इन्डोनेसियाले प्रस्तुत गरेको ६९ रनको लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका साना प्रविनले अविजित २५, सावित्री धामीले २४ र करुणा विष्टले अविजित १६ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ६८ रनको योगफल तयार पारेको थियो। इन्डोनेसियाका डर्नी रम्बु बन्गीले ३४ र नी पटु डेवीले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालकी मनिषा उपाध्यायले सर्वाधिक चार विकेट लिइन्। उनले ४ ओभरमा मात्र सात रन खर्चिइन्। अनु कडायतले दुई तथा रचनाकुमारी चौधरी, तिर्सना विश्वकर्मा र कप्तान सोनी पाख्रिनले एक–एक विकेट लिए।

सेमिफाइनलमा नेपाल यूएई तथा इन्डोनेसिया थाइल्यान्डसँग पराजित भएका थिए।

प्रकाशित: २ साउन २०८३ ११:२२ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast