सुनसरी घटनाबारे राष्ट्रिय सुरक्षा परिषद्को समीक्षा, सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय

हिमाल प्रेस १४ साउन २०८३ १५:३२ | Thursday, July 30, 2026
6
SHARES
सुनसरी घटनाबारे राष्ट्रिय सुरक्षा परिषद्को समीक्षा, सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले साउन १० गते सुनसरीमा भएको घटना, त्यसबाट उत्पन्न परिस्थिति तथा देशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गरेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ।

बैठकमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सरोकारवालासँग निरन्तर संवादलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।

त्यसैगरी, विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै खोज, उद्धार तथा राहतका कार्य समयमै सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

प्रकाशित: १४ साउन २०८३ १५:३२ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast