विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस २९ असार २०८३ ७:२९ | Monday, July 13, 2026
16
SHARES
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ

काठमाडौँ– पूर्वउपप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ करिब ७:३० बजे कीर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक रहेको छ।

अस्पताल पुगेर नेता श्रेष्ठले उपचारको अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुका साथै मण्डलका परिवारजनसँग भेट गरेका थिए। उनले परिवारलाई धैर्य रहन आग्रह गर्दै घटनाबारे गम्भीर चासो व्यक्त गरेका छन्।

प्रकाशित: २९ असार २०८३ ७:२९ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast