फिफा विश्वकप २०२६

वर्षाले प्रभावित खेलमा इक्वेडरविरुद्ध मेक्सिकोले २-० को अग्रता

हिमाल प्रेस १७ असार २०८३ ८:५८ | Wednesday, July 1, 2026
वर्षाले प्रभावित खेलमा इक्वेडरविरुद्ध मेक्सिकोले २-० को अग्रता

काठमाडौँ- फिफा विश्वकप २०२६ को अन्तिम १६ का लागि जारी खेलको पहिलो हाफमा इक्वेडरविरुद्ध मेक्सिकोले २-० को अग्रता लिएको छ।

मेक्सिको सिटी स्टेडियममा जारी खेलमा मेक्सिकोले इक्वेडरविरुद्ध २-० को अग्रता बनाएको हो। खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको मेक्सिकोका लागि खेलको २२ औं मिनेटमा जुलियन क्विनोनेसले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ३१ औं मिनेटमा स्टार स्ट्राइकर राउल जिमेनेजले अर्को सशानदार गोल गर्दै मेक्सिकोको अग्रतालाई दोब्बर बनाए।

घरेलु दर्शकहरूको ठुलो समर्थन पाएको मेक्सिकोले पहिलो हाफमा खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको छ भने इक्वेडर खेलमा फर्कन संघर्ष गरिरहेको देखिन्छ। मैदानमा ठूलो पानी परेपछि खेल एक घण्टा ढिला सुरु भएको छ।

प्रकाशित: १७ असार २०८३ ८:५८ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast