एमालेका पूर्वसांद कोइरी कारागार चलान

हिमाल प्रेस १९ असार २०८३ २१:४३ | Friday, July 3, 2026
12
SHARES
एमालेका पूर्वसांद कोइरी कारागार चलान

काठमाडौँ – सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा संलग्नता ठहर भएका नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी करागार चलान भएका छन्।

उच्च अदालत जनकपुरको फैसलाअनुसार कोइरीलाई कारागार पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चालल गोलेले जिल्ला प्रहरी कार्यालय महोत्तरीले अदालतमा पेस गरेपछि अदालतले उनलाई कैद भुक्तानका लागि कारागार पठाउने आदेश गरेको बताए।

महतोलाई प्रहरीले बिहीबार साँझ महोत्तरीको गौशालाबाट नियन्त्रणमा लिएको थियो। उनी गौशाला नगरपालिका–२ का बासिन्दा हुन्।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते ड्युटीमा खटिएका सशस्त्र प्रहरी असई विकको हत्या भएको थियो।

आन्दोलनकारीको कुटपिटबाट महोत्तरीको जलेश्वरमा घाइते भएका उनलाई उपचारका लागि जनकपुर पठाइएको थियो।
जनकपुर लैजाने क्रममा बाटोमा एम्बुलेन्सबाट थुतेर उनको हत्या भएको थियो।

विक हत्या घटनामा जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो।

तर, जिल्ला अदालत महोत्तरीको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरले बुधबार कर्तव्य ज्यान मुद्दामा कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो।

फैसला कार्यान्वयनका लागि उनलाई नियन्त्रणमा लिई कारागार पठाइएको प्रहरीले जनाएको छ।

यही मुद्दामा जन्मकैदको सजाय पाएका मधेश प्रदेश सांसद अभिराम शर्माको हकमा उच्च अदालत जनकपुरले जिल्ला अदालत महोत्तरीको फैसला उल्टाउँदै पाँच वर्ष कैद सजाय तोकेको छ।

त्यस्तै जन्मकैदको सजाय पाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै उच्च अदालतले जिल्ला अदालत महोत्तरीकै फैसला सदर गरेको छ।

जिल्ला अदालतबाट सफाइ पाएका अन्य अभियुक्त धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई जनही पाँच वर्ष कैद सजायको फैसला सुनाइएको छ।

प्रकाशित: १९ असार २०८३ २१:४३ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast