फिफा विश्वकप २०२६

अमेरिकामाथि सानदार जित निकाल्दै बेल्जियम क्वार्टरफाइनलमा, आयोजक सबै बाहिरिए

हिमाल प्रेस २३ असार २०८३ ८:०० | Tuesday, July 7, 2026
2
SHARE
अमेरिकामाथि सानदार जित निकाल्दै बेल्जियम क्वार्टरफाइनलमा, आयोजक सबै बाहिरिए

काठमाडौँ- फिफा विश्वकप २०२६ को रोमाञ्चक अन्तिम १६ को खेलमा बेल्जियमले संयुक्त राज्य अमेरिका (यूएसए)लाई ४–१ को भारी गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

आज बिहान भएको खेलमा बेल्जियमका लागि युवा स्टार चार्ल्स डे केटेलारेले उत्कृष्ट प्रदर्शन गरे। खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको बेल्जियमले ९औँ मिनेटमै अग्रता लियो। टोलीका लागि चार्ल्स डे केटेलारेले पहिलो गोल गरे।

तर, घरेलु मैदानमा खेलिरहेको अमेरिकाले पनि कडा चुनौती दियो। खेलको ३१औँ मिनेटमा अमेरिकाका म्यालिक टिलम्यानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेलको ३३औँ मिनेटमा केटेलारेले नै व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमको अग्रता २–१ मा पुर्‍याए।

दोस्रो हाफमा बेल्जियमले अमेरिकालाई खेलमा फर्कने कुनै मौका दिएन। खेलको ५७औँ मिनेटमा हाने भानाकेनले गोल गर्दै बेल्जियमलाई ३–१ को बलियो स्थितिमा पुर्‍याए। खेल सकिनै लाग्दा इन्जुरी समयको (९३) मिनेटमा बेल्जियमका अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्दै टोलीको ४–१ को सानदार जित सुनिश्चित गरे।

यो जितसँगै बेल्जियम विश्वकपको उपाधि होडको थप नजिक पुगेको छ भने अमेरिकाको विश्वकप यात्रा अन्तिम १६ मा नै टुङ्गिएको छ। योसँगै आयोजक ३ वटै देशको विश्वकपको यात्रा टुंगिएको छ। यसअघि क्यानडा र मेक्सिको बाहिरिसकेका छन्।

प्रतियोगिता अन्तरगत आज राति अर्जेन्टिना र इजिप्ट तथा कोलम्बिया र स्विट्जरल्याण्ड आमनेसामने हुनेछन्।

प्रकाशित: २३ असार २०८३ ८:०० | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast