कुवेतमा अमेरिकी सैन्यस्थलमा इरानको आक्रमण

हिमाल प्रेस ३ साउन २०८३ १५:२२ | Sunday, July 19, 2026
10
SHARES
कुवेतमा अमेरिकी सैन्यस्थलमा इरानको आक्रमण

काठमाडौँ- इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य स्थानहरूमा ड्रोन आक्रमणको नयाँ अभियान सुरु गरेको दाबी गरेको छ।

इरानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिलाई उद्धृत गदै बीबीसी फारसीले सहरी क्षेत्रहरूमा अमेरिकी आक्रमणको जवाफमा ‘अपरेशन लाइटनिङ’ को १७ औँ चरणको सुरुवात गरिएको हो।

इरानी सेनाका अनुसार यस अभियानअन्तर्गत कुवेतस्थित क्याम्प अल–अदीरीमा रहेको अमेरिकी हतियार भण्डारलाई निशाना बनाइएको छ। यसबाहेक अली अल–सलेम एयर बेसमा रहेका सैन्य उपकरण र सैन्यकर्मीहरूको केन्द्रलाई फेरि निशाना बनाइएको छ।

हालैका दिनहरूमा अमेरिकासँग बढेको तनावपछि आफूले कुवेतमा रहेका अमेरिकी सैन्य स्थलहरूमा लगातार आक्रमण गरिरहेको इरानको दाबी छ। यद्यपि यी दाबीहरूको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।

अर्कोतर्फ कुवेतले सेनाले इरानद्वारा गरिएका आक्रमणको जवाफ दिइरहेको दाबी गरेको छ।

यसअघि पनि इरानले ड्रोन आक्रमणमार्फत कुवेतमा रहेका अमेरिकी सैन्य स्थलहरूलाई निशाना बनाएको बताएको थियो।

प्रकाशित: ३ साउन २०८३ १५:२२ | Sunday, July 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast