फिफा विश्वकप २०२६

अर्जेन्टिनाका सानदार पुनरागमन, अग्रता गुमाउँदा इजिप्ट बाहिरियो

हिमाल प्रेस २४ असार २०८३ ६:३० | Wednesday, July 8, 2026
10
SHARES
अर्जेन्टिनाका सानदार पुनरागमन, अग्रता गुमाउँदा इजिप्ट बाहिरियो

काठमाडौँ- विश्वकप फुटबलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अन्तिम १६ को खेलमा सानदार ‘कमब्याक’ जित हात पारेको छ। ७८ मिनेटसम्म २–० ले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको अर्जेन्टिनाले ३–२ को जित हात पारेको हो।

यसअघि १५औँ मिनेटमै यासिर इब्राहिमले इजिप्टलाई १–०को अग्रता दिलाएका थिए।  ६७औँ मिनेटमा मोस्ताफा जिकोले अर्को गोल थपेपछि चर्चित खेलाडी लियोनल मेसीप्रेरित अर्जेन्टिना जारी विश्वकपबाट बाहिरिने पक्का भएको थियो।

तर ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोको गोलसँगै अर्जेन्टिना खेलमा फर्कियो। २–१ ले पछि परिरहँदा मेसीले ८३औँ मिनेटमा खेल बराबरीमा ल्याए भने ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले अर्जेन्टिनाको जित सुनिश्चित गरे।

फर्नान्डेजको गोलसँगै खेलमा केहीबेर तनावको अवस्था सृजना भयो। गोलको विषयमा विवाद हुँदा इजिप्टका टिम स्टाफ साफान एल्साघेरले रातो कार्ड पाए। गोलरक्षक मोस्तफा शोबिर र हम्दी फाथीले पहेलो कार्ड पाए।

योसँगै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ। यो खेलमा मेस्सीले पेनाल्टीमा गोल भने गर्न सकेका थिएनन्। ९० मिनेटपछि थप ७ मिनेट अतिरिक्त दिइएको थियो।

यीमध्ये क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग र अर्जेन्टिनाले स्विट्जरल्यान्ड र कोलम्बियाको विजेतासँग भिड्ने भएको छ।

प्रकाशित: २४ असार २०८३ ६:३० | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast