काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतंकित बनाउने हैन।’
उनले सरकारलाई लक्षित गर्दै प्रश्न गरेका छन्, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो? यस किसिमको काम प्रति घोर आपत्ति छ।’
प्रकाशित: ३१ असार २०८३ ९:२१ | Wednesday, July 15, 2026
प्रतिक्रिया



