टिमाई खोलामा फसेका ७ जनाको सकुसल उद्धार

हिमाल प्रेस १ असार २०८३ ८:०१ | Monday, June 15, 2026
12
SHARES
टिमाई खोलामा फसेका ७ जनाको सकुसल उद्धार

काठमाडौँ- झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ६ स्थित गौँडा टिमाई खोलामा फसेका ७ जनाको प्रहरीले सकुसल उद्धार गरेको छ। गर्मी छल्न तथा नुहाउन गएका ७ जनालाई खोलाबाट उद्दार गरिको झापा प्रहरीले जनाएको छ। आइतबार बेलुका अन्दाजी ७ बजेको समयमा खोलामा एक्कासी बाढी आएपछि उनीहरू खोलाको बीच भागमा थुनिएका थिए। खोला तर्न नसकेपछि उनीहरूले उद्धारका लागि अस्थायी प्रहरी चौकी मंगलबारेलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय बुधबारे झापा र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोली तथा सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी सहितको संयुक्त टोली उनीहरुको उद्दार गरेको हो।

खोलामा फसेका सबै ७ जनालाई राति ८ बजे सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।

उद्धार गरिएकाहरूमा बिर्तामोड नगरपालिका वडा नं ९ बस्ने २६ वर्षीय राजु पाठक, ३४ वर्षीया एजिना पाठक र २३ वर्षीया आरती पाठक रहेका छन्। यसैगरी झापाकै भद्रपुर नगरपालिका वडा नं ५ बस्ने २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टु बर्मन, २३ वर्षीय मोहित हलुवाई र २४ वर्षीय रोहित साहको पनि सकुशल उद्धार गरिएको झापा प्रहरीले जनाएको छ।

प्रकाशित: १ असार २०८३ ८:०१ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast