काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध चयन भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार लामिछानेले मात्रै मनोनयन दर्ता गराएका कारण सभापति पदमा प्रतिस्पर्धा हुन सकेन।
उनले वरिष्ठ नेता वालेन्द्र शाहलाई प्रस्तावक राख्दै उम्मेदवारी दर्ता गराएका थिए। मनोनयन दर्तापछि लामिछाने र शाह निर्वाचन आयोग सचिवालयको बरन्डामा पुगेर उपस्थित कार्यकर्तालाई अभिवादन गरेका थिए।
यसैबीच, संशोधित निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता, दाबीविरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया जारी छ।
कार्यतालिकाअनुसार आज बिहानदेखि पहिलो चरणको मतदान सुरु हुनेछ। मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना प्रारम्भ गरी नतिजा सार्वजनिक गरिनेछ।




