रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि मतदान

हिमाल प्रेस ११ असार २०८३ ७:०९ | Thursday, June 25, 2026
12
SHARES
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि मतदान मतदानका लागि तयारी अवस्थामा राखिएका विद्युतीय उपकरण

चितवन- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान सुरु भएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बुधबार राति साढे १२ बजेदेखि विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको हो।

मतदान प्रक्रिया आज दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ।

निर्वाचन कार्यतालिका यसअघि विभिन्न कारणले पटकपटक संशोधन गर्दै सारिएको थियो।

रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिका लागि कुल ३८४ जनाले उम्मेदवारी दिएका छन्। महाधिवेशनबाट निर्वाचित नेतृत्वले आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ११ असार २०८३ ७:०९ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast