रास्वपा महाधिवेशन : उम्मेदवारीमा कडाइ

हिमाल प्रेस ९ असार २०८३ १६:०६ | Tuesday, June 23, 2026
10
SHARES
रास्वपा महाधिवेशन : उम्मेदवारीमा कडाइ

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सक्षम नेतृत्व चयन गर्न मापदण्ड लागू गरेको छ। योग्य व्यक्तिलाई मात्र प्रतिस्पर्धामा आउन दिने उद्देश्यले नियममा कडाइ गरिएको हो।

निर्वाचन प्रक्रियाअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि एकएक जना प्रस्तावक अनिवार्य गरिएको छ। सभापतिका लागि ५१ जना समर्थक र २१/२१ जना समर्थक अनिवार्य गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रस्तावक र समर्थक दुवै उम्मेदवार स्वयं हुन नपाउने व्यवस्था गरिएको छ। उनले भने,‘नेतृत्व विकास भएका सक्षम व्यक्तिलाई जिम्मेवारी दिन यो नियम राखिएको हो।’

देशकै ठूलो पार्टीका रूपमा रास्वपाको संगठन सञ्चालनका लागि क्षमतावान् र योग्य समूह आवश्यक भएकाले सोहीअनुसार छनोट प्रक्रिया कडा बनाइएको केसीले बताए।

यसले केन्द्रमा प्रतिस्पर्धा गर्न सक्ने निखारिएका नेतृत्व मात्र अघि आउने उनको भनाइ छ।

संगठन विस्तारमा सक्रिय रहेकाहरूलाई समर्थक जुटाउन सहज हुने र उनीहरू नेतृत्वमा पुग्ने सम्भावना बढी हुने उनले बताए।

प्रकाशित: ९ असार २०८३ १६:०६ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast