रास्वपा महाधिवेशन : सकियो पहिलो चरणको मतदान

हिमाल प्रेस ११ असार २०८३ १३:५२ | Thursday, June 25, 2026
10
SHARES
रास्वपा महाधिवेशन : सकियो पहिलो चरणको मतदान मतदानका लागि तयारी अवस्थामा राखिएका विद्युतीय उपकरण

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आज राति १२:०० बजे सुरु भएको मतदान अहिले दिउँसो १२:३० बजे सम्पन्न भएको हो।

चितवन रास्वपाका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा चार हजार १०० प्रतिनिधि रहेकामा तीन हजार ९५० मत खसेको अनुमान गरिएको छ। विद्युतीय मेसिनबाट मतदान भएकाले निर्वाचनको परिणाम दुई घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ।

रास्वपाको चितवनको भरतपुरमा जारी महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ।

पार्टीका प्रवक्ता मनीष झाका अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्यहरूले दोस्रो चरणमा हुने निर्वाचनमार्फत पदाधिकारीहरू छान्नेछन्। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गते चितवनमा सुरु भएको हो।

प्रकाशित: ११ असार २०८३ १३:५२ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast