६० औँ मिनेटमा मैदान छिरेर पनि मेस्सीले गरे गोल, जारी विश्वकपमा छैँटौँ गोल

हिमाल प्रेस १४ असार २०८३ ९:४९ | Sunday, June 28, 2026
24
SHARES
६० औँ मिनेटमा मैदान छिरेर पनि मेस्सीले गरे गोल, जारी विश्वकपमा छैँटौँ गोल

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको खेलमा ६० औं मिनेटमा मैदान छिरेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले गोल प्रहार गरेका छन् ।

खेलको ८० औं मिनेटमा मेस्सीले फ्री किकमार्फत गोल प्रहार गरेका हुन् । डी बक्स भन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढलाउँदा रेफ्रीले फउल दिएका थिए । त्यसैमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो ।

यो जारी विश्वकपमा मेस्सीको छैटौं गोल हो । यसअघि उनले अल्जेरियासँग ह्याट्रिक र अस्ट्रियासँगको खेलमा दुई गोल प्रहार गरेका थिए । यो गोलसँगै मेस्सीको विश्वकपमा रेकर्ड १९ गोल पुगेको छ ।

मेस्सीले यस खेलमा अर्को कीर्तिमान पनि बनाए । उनी विश्वकपमा लगातार ७ खेलमा गोल गर्ने पहिलो खेलाडी समेत बने । उनले कतार विश्वकपमा लगातार चार र जारी विश्वकपमा लगातार तीन खेलमा गोल गरेका हुन् ।

प्रकाशित: १४ असार २०८३ ९:४९ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast