ओलीपछि लेखकले पनि मागे मानवअधिकार आयोगसँग प्रतिवेदन

हिमाल प्रेस १४ असार २०८३ १८:४७ | Sunday, June 28, 2026
16
SHARES
ओलीपछि लेखकले पनि मागे मानवअधिकार आयोगसँग प्रतिवेदन फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पनि राष्ट्रिय मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको घटनासम्बन्धी प्रतिवेदन मागेका छन्।

लेखकले जेनजी आन्दोलनबारे आयोगले तयार पारेको प्रतिवेदनको प्रमाणित प्रतिलिपी माग गरेका हुन्।

यसअघि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आयोगसँग प्रतिवेदन माग गरेका थिए। जेनजी प्रदर्शनका बेला उनी प्रधानमन्त्री थिए।

उनले ‘के आधारमा मानवअधिकार उल्लंघनकर्ताको संज्ञा गरियो?’ भन्ने प्रश्न गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरममा आफ्नो प्रस्तुत गर्न आयोगसँग प्रतिवेदन माग गरेका छन्।

भदौ २३ र २४ गते जेनजी प्रदर्शन हुँदा लेखक गृहमन्त्री थिए।

आयोगले आफ्नो प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले मानवअधिकार उल्लंघन गरेको ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको छ।

प्रकाशित: १४ असार २०८३ १८:४७ | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast