‘रास्वपासँग तपाईंको नाभी अझै काटिएको छैन’ भन्ने प्रतिपक्षमा भनाइमा रास्वपाको आपत्ति

हिमाल प्रेस ३ असार २०८३ १२:२१ | Wednesday, June 17, 2026
12
SHARES
‘रास्वपासँग तपाईंको नाभी अझै काटिएको छैन’ भन्ने प्रतिपक्षमा भनाइमा रास्वपाको आपत्ति सभामुख डोलप्रसाद अर्याल

काठमाडौँ- प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालको निष्पक्षतामाथि प्रश्न उठेको छ।  प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को विवादित अभिव्यक्तिबारे सभामुखले कुनै कदम नचालेको भन्दै उनीमाथि प्रश्न उठेको हो। सदनमा कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको ‘रास्वपासँग तपाईँको नाभि अझै काटिएको छैन’भनी टिप्पणी गर्दै सभामुखको भूमिकामा प्रश्न उठाएका थिए।

उनले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सभामुखले कुनै कदम नचालेको गुनासो गरे। यादवले बोलेलगत्तै रास्वपा सांसद कार्कीले प्रतिनिधि सभाको नियमावली २१ को ख हेर्न आग्रह गरे। उनले सभामुखको आचरणमाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे।

कार्कीले आपत्ति जनाएलगत्तै सभामुखले पनि यादवको भनाइप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने, ‘उहाँले बोल्नुभएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँछु।’

 

प्रकाशित: ३ असार २०८३ १२:२१ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast