भन्सार छलेर ल्याइएका ६ लाख बराबरका सामान बरामद

हिमाल प्रेस २८ जेठ २०८३ १७:२८ | Thursday, June 11, 2026
4
SHARES
भन्सार छलेर ल्याइएका ६ लाख बराबरका सामान बरामद फाइल तस्बिर।

सुनसरी- विभिन्न स्थानबाट भन्सार छली अवैध रूपमा भित्रयाइएका रु ६ लाख १४ हजार बढी मूल्यका सामान नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहतका विभिन्न प्रहरी एकाइबाट खटिएको टोलीले बुधबार र बिहिबार सञ्चालन गरेको विशेष अभियानका क्रममा ती अवैध रूपमा भित्रयाइएका सामान बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

जिल्लाका ६ वटा स्थानबाट ६ लाख १४ हजार बराबरको भन्सार छलीका लत्ताकपडा, किराना सामग्री र सामान ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसमध्ये इनरुवा-१ बाट रु चार लाख २७ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। बर्जु-४ बाट एक लाख पाँच हजार, रामधुनी नगरपालिका-५ बाट रु ३० हजार ९१०, इनरुवा-६ बाट रु ३० हजार, दुहबी-३ र कोशी-५ बाट क्रमश : १० हजार ६९७ र रु १० हजार ५०० मूल्य बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सामानलाई कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको छ। सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि प्रहरीले निगरानी र सक्रियता बढाएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले बताए।

प्रकाशित: २८ जेठ २०८३ १७:२८ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast