संसद् बैठक बिहीबारसम्मका लागि स्थगित

हिमाल प्रेस ३० वैशाख २०८३ १९:०२ | Wednesday, May 13, 2026
संसद् बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाहको उपस्थीतिको माग गर्दै बिपक्षी दलहरु निरन्तर विरोध जनाएपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो।

पटक–पटक स्थगित हुँदै बुधबार तेस्रो पटक बसेको संसद बैठकमा पनि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिए। उनले सरकारको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र जवाफ दिनका लागि वैशाख ३१ गतेको दिन तोक्दै बैठक स्थगित भएको घोषणा गरे।

प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३१ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ।

प्रकाशित: ३० वैशाख २०८३ १९:०२ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast