विपद् र जंगली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन सांसदको माग

हिमाल प्रेस १७ जेठ २०८३ १५:५१ | Sunday, May 31, 2026
12
SHARES
विपद् र जंगली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन सांसदको माग

काठमाडौँ- प्रतिनिधिसभाका सांसदहरूले प्राकृतिक विपद्बाट प्रभावित र जंगली जनावरको आतंकबाट त्रसित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

सभाको आइतबारको बैठकको आकस्मिक समयमा उनीहरूले विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन, मानव–जंगली जनावर द्वन्द्व न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग माग गरे।

नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यही जेठ १४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका वडा नं १ का पार्तोला, मटेलालगायत वस्तीमा झण्डै ३०० रोपनी बगरमा परिणात भएको र ५० जनाको घरभित्र बाढी पस्दा सयौँ नागरिक खुला आकाशमुनि बस्न बाध्य जानकारी दिँदै तत्काल प्रभावित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराए।

नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले कैलालीमा यही जेठ १४ गते आएको तीव्र हुरीले लम्कीचुहा नगरपालिकामा २५, जानकी गाउँपालिकामा ६ र बर्दगोरिया गाउँपालिका ५३ गरी ८४ घर तथा टिकापुरमा एक विद्यालयको छाना उठाएको जानकारी दिँदै विपद्पीडित नागरिकलाई तत्काल राहत दिन आग्रह गरे।

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले जंगली बँदेलका आतंकका कारण दैलेखको भैरवी गाउँपालिकाका स्थानीय हैरान भएको जनाउँदै जंगली जनावर नियन्त्रण गरी किसानलाई राहत दिन माग गरे।

कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मेची राजमार्गको दायाँबायाँ १५/१५ मिटर क्षेत्रभित्रको संरचना खाली गराउनेसम्बन्धी संघीय सडक सुपरिवेक्षण इलाम डिभिजन कार्यालयको सूचनाले सो क्षेत्रमा बसोबास गरिरहेका १५ लाखभन्दा बढी नागरिकलाई त्रसित बनाएको भन्दै सो नीति परिवर्तन गर्न सरकारको ध्यानकर्षण गराए।

प्रकाशित: १७ जेठ २०८३ १५:५१ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast