जेनजी आन्दोलन : पूर्वयुवराज्ञी हिमानीमाथि अनुसन्धान गर्न सिफारिस

हिमाल प्रेस १३ जेठ २०८३ १८:३९ | Wednesday, May 27, 2026
32
SHARES
जेनजी आन्दोलन : पूर्वयुवराज्ञी हिमानीमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी राज्य लक्ष्मी सिंह जेनजी प्रदर्शन घटनामा अनुसन्धानमा तानिएकी छन्। जेनजी प्रदर्शनलाई उत्तेजित बनाउन दुरुत्साहन भए नभएको सम्बन्धमा सिंह अनुसन्धानमा तानिएकी हुन्।

जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते भएका घटनाहरू छानबिन गर्न मानवअधिकार आयोगले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा पूर्वयुवराज्ञी सिंहमाथि अनुसन्धान गर्न सिफारिस गरिएको हो।

मानवअधिकार आयोगको प्रतिवेदनले प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात जेनजी प्रदर्शनका सम्बन्धमा दर्जनबढी व्यक्तिले विभिन्न माध्यममार्फत अभिव्यक्ति दिएको जनाएको छ।

‘…भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा निजहरुको संलग्नता रहे नरहेको, निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा थप अनुसन्धान हुन आवश्यक देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ।

आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल, भदौ २३ र २४ को घटना छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिका संयोजक गौरीबहादुर कार्की, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, डा.तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दिपक बोहरा, ज्वाला संग्रौला, आशिका तामाङ, निश्चिल बस्नेत, दुर्गा प्रसाईँलगायतमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ।

प्रकाशित: १३ जेठ २०८३ १८:३९ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast