जथाभावी हर्न बजाउने २०० चालकलाई कारबाही

हिमाल प्रेस २७ वैशाख २०८३ १०:४९ | Sunday, May 10, 2026
6
SHARES
जथाभावी हर्न बजाउने २०० चालकलाई कारबाही फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ।

उपत्यकाका विभिन्न मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी हुने क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी सञ्चालन गर्दै ट्राफिक नियम उल्लंघन गर्ने तथा अनावश्यक रूपमा हर्न बजाउने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।

उनले अभियानका क्रममा चालकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्राको महत्त्व तथा ‘नो हर्न’सम्बन्धी जनचेतना समेत प्रदान गरिएको जानकारी दिए।

हाल उपत्यका सञ्चालित उक्त विशेष अभियानलाई आगामी दिनमा पनि अझ प्रभावकारी बनाइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए।

उनका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न संवेदनशील क्षेत्र, विद्यालय आसपास, अस्पताल क्षेत्र तथा भीडभाड हुने सडकमा विशेष निगरानी बढाइएको छ।

प्रकाशित: २७ वैशाख २०८३ १०:४९ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast